काभ्रे — काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ९ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा शुक्रबार राति विद्युत सर्ट भएर आगलागी हुँदा ७० वर्षीय टिकादेवी दंगालको मृत्यु भएको छ भने उनका ७३ वर्षीय श्रीमान् तोयानाथ घाइते भएका छन्।



आगोले फर्निचर उद्योगसँगै छिमेकी कृष्णबहादुर विश्वकर्माको घर र धु्रवबहादुर विश्वकर्माको टहरामा समेत क्षति पुर्याएको छ।
प्रहरीका अनुसार आगलागीबाट फर्निचर उद्योगमा ८० लाख, कृष्णबहादुरको घरमा ८ लाख, र धु्रवबहादुरको टहरामा ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
शुक्रबार राति ९ बजे लागेको आगो नियन्त्रणका लागि ५ वटा दमकल, ४० जना प्रहरी, सशस्त्र प्रहरी, र स्थानीयले प्रयास गरेका थिए। आगो करिब पौने २ बजे मात्र नियन्त्रणमा आएको थियो। घाइतेको उपचार र मृतकको पोष्टमार्टम धुलिखेल अस्पतालमा भइरहेको छ।



