पाँचथर । ११औं फाल्गुनन्द गोल्डकपको उपाधी चर्च ब्वाइज क्लब काठमाडौंले जितेको छ । झापा कप जितेर पहाड चढेको चर्च ब्वाईजले अर्को सफलता हासिल गरेको हो ।
मछिन्द्र क्बल काठमाण्डौलाई टाईब्रेकरमा हराउदै चर्च ब्वाईजले उपाधी रक्षा गरेको हो । अन्तीम दुई मिनेट सम्हालीन नसक्दा मछिन्द्रले हार व्यहोर्यो । टाईब्रकेरमा ५–४ गोल अन्तरले चर्च ब्वाईज विजयी भएको हो । विजेता टिमले १० लाख ५ सय ५५ रुपैँया नगद र ट्रफि प्राप्त गरेको छ । खेलमा २ गोलको बराबरी भएपछि खेल टाइब्रकेरमा पुगेको थियो ।

टाईब्रेकमा चर्च ब्वाइजका सुजन ढङ्गोल, रोहन कार्की, छिरिङ लामा, एकराज बुढाथोकि र फाकुन्ले अभयोमिले गोल गरेका थिए । मछिन्द्रका सौरभ सुब्बा, सुनिस श्रेष्ठ, समिरराज थोकर र देबेन्द्र तामाङले गोल गरेका थिए । दायनन्द इलाम्बको प्रहार चर्च ब्वाईजका क्रिशल मोक्तानले रोकेका थिए ।
दोश्रो हाफको इन्जुरी समयमा मछिन्द्र साम्हालिन नसक्दा सिजनको पहिलो उपाधी हासिल गर्न बाट चुक्यो । ४५ विजु भुजलले गोल गर्दै मछिन्द्रको सुरुवाती अग्रता दिएका थिए । ७८ औँ मिनेटमाचर्च ब्वाईजका छिरिङ लामाले गोल गर्दै बराबरी गरे । शनिस श्रेष्ठ ८८ औँ मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । अन्तिममा चर्च ब्वाईजका गोल फर्कायो समिर तामाङले गोल गरेर बराबरी गरेपछि खेल टाईब्रेकरमा पुग्यो । प्रतियोगिताको वेष्ट प्लेयर चर्च ब्वाईजका समिर तामाङ घोषित भए । उनले इभि स्कुटर प्राप्त गरेका छन् । उनल दोहोरो विधागत पुरस्कार पाए । उच्च गोलकर्ता पनि समिर नै घोषित भए । उनले खेल अवधिमा ५ गोल गरेका थिए । वेष्ट गोलकिपर ब्वाईजका क्रिशल मोक्तान, वेष्ट डिफेण्डर मछिन्द्रका देबेन्द्र तामाङ, मिडफिल्डर ब्वार्यजका दिपेश गुरुङ, फडवार मछिन्द्रका विजु भुजेल, वेष्ट कोच ब्वाइजका सुमन श्रेष्ठ, राइजिङ प्लेयर फिदिम स्पोर्टिङका मनिष क्षेत्री घोषित भने प्लेयर अफ दि म्याच मछिन्द्रका सनिष श्रेष्ठ घोषित भए ।

उपविजेताले ५ लाख रुपैँया नगद र ट्रफि प्राप्त गरेको छ । प्रतियोगिता फिदिम स्र्पोटिङ क्बलवले पुष ६ गतेबाट सुरु गरेको थियो । प्रतियोगितामा १० टिमको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय