फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । आज अष्ट्रेलियाको सिडनीमा भएको फाइनल खेलमा इंग्ल्याण्डलाई एक शुन्य गोल अन्तरले हराउदै स्पेनले पहिलोपटक महिला विश्वकपको उपाधि जितेको हो । खेलमा स्पेनका लागि २९औं मिनेटमा क्याल्डेन्टी ओलिभरले पाएको पासमा कप्तान ओल्गा कार्मोनाले गरेको गोल नै निर्णायक भयो ।

अस्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड र स्विडेनलाई हराउँदै स्पेन फाइनलमा पुगेका थिए । दुवै टोली पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेका थिए । सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा फाइनल खेल हेर्न ८३ हजार समर्थक पुगेका थिए ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय