फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । दक्षिणी फिलिपिन्सको तटीय क्षेत्रमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको केन्द्रविन्दु मिन्डानाओ क्षेत्रको दाभाओ ओरिएन्टलको माने शहरको पानीमुनी १० किलोमिटर गहिराइमा रहेको छ ।

भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । त्यस्तै नजिकैका तटीय क्षेत्रका मानिसहरूलाई उच्च जमिन र भित्री भागतर्फ जान आग्रह गरिएको छ । भूकम्पमा परि अहिलेसम्म एकजनाको मृत्यु भएको छ । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६ दशमलव ९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय