पोखरा महानगरपालिकाले फेवातलाको मापदण्ड मिचेर बनेका संरचनामा डोजर चलाएको छ । शनिबार बिहानै ४ बजे महानगरको डोजर खपौदीमा मापदण्ड मिचेर बनेका संरचना भत्काउन पुगेको थियो । पोखरा–१८ खपौदी आसपासको क्षेत्रमा फेवातालको किनारमा बनेका पक्की र कच्ची टहराहरुमा डोजर चलाइएको महानगरका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिए । दुइ दर्जन भन्दा बढि संरचनामा डोजर चाइएको थापाले बताए । पोखरा–१८ सेदी देखी तालको मुहानसम्म मापदण्ड मिचेर संरचना बन्ने क्रम रोकिएको छैन ।
प्रधानमन्त्री बालेन्द्र शाहले एक सय दिनमा गर्ने कामको सूचीमा फेवालको मापदण्ड कार्यान्वयनलाई समावेस गरेका छन् । सोही अनुसार स्थानीय सरकार पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालय कास्कीको अग्रसरतामा मापदण्ड भित्र बनेका संरचनामा डोजर चलाइएको महानगरका प्रमुख घनराज आचार्यले जानकारी दिए । सर्वोच्च अदालतले फेवा तालको मापदण्ड ६५ मिटर कायम गदै सो क्षेत्रमा भएका संरचना हटाउन निर्देशनात्मक आदेश दिएको थियो ।

सर्वाेच्च अदालतले २०३१ सालभन्दा पछिको दर्तालाई ‘दूषित’ ठहर गर्दै खारेज गर्न आदेश दिएको छ । मिटरभित्रको जग्गा यकिन गर्ने पहिलो चरणको काम सिद्ध्याएर मात्रै दोस्रो चरणमा मुआब्जा र दूषित जग्गाबारे छलफल गर्ने हाम्रो योजना छ । ६५ मिटरभित्र झण्डै ४ हजार ८ सय कित्ता जग्गा छन् । तीमध्ये सार्वजनिक, दूषित र ०३२ सालअघि दर्ता भएर मुआब्जा दिनुपर्ने व्यक्तिका जग्गा छुट्ट्याउने काम बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय