बंगलादेशमा आउदै गरेको ‘मोखा आँधी’ का कारण बंगलादेशको जनजीवन अस्तब्यस्त बनेको छ । सो आँधी नजिकिएसँगै बंगलादेशको दक्षिणी टापु सेन्ट मार्टिनमा करिब ८ हजार मानिस त्रासदियुक्ति जीवन गुजार्न बिबश भएका छन । देशकै सबैभन्दा ठूलो बन्दरगाह चटगाउँको सञ्चालन समेत यो आधिका कारण रोकिएको छ भने डुङ्गा आवतजावत र माछा मार्ने गतिविधि पूर्णरुपमा ठप्प पारिएको छ । हाल बंगलादेशमा भारी वर्षा भइरहेको छ ।
सो राक्षसी आँधीवाट सुरक्षित स्थानमा जानका लागि सरकारले माइकमार्फत अनुरोध गरिरहेको छ । यसैगरी, कक्सलगायतका बंगलादेशका प्रभावित हुन सक्ने क्षेत्रहरुमा निरन्तर साइरनसहित रातो झण्डा फहराएर सचेत गराईएको । अझै केही दिनसम्म सक्रिय रहने मोखा आँधीले बाढी पहिरो समेत ल्याउन सक्ने भन्दै सर्वसाधरणलाई सुरक्षित हुन सरकारले अपिल गरिरहेको छ । बंगलादेशमा सन २००७ पछि सबै भन्दा शक्तिशाली आँधीबेहोरीको रुपमा मोखाआधिलाई लिएको छ ।एजेन्सी






