ढाका । बंगलादेशमा सत्ता परिवर्तनसँगै हिन्दूहरुमाथि दमन हुन थालेको छ । बंगलादेशमा भएका हिन्दुहरुलाई बेनामी चिठी आउने गरेको छ ।
पत्रमा उनीहरूलाई पाँच लाख टका (५ लाख ५५ हजार नेपाली रुपैयाँ) नदिई दुर्गा पूजा गर्न नदिने धम्की दिइएको छ । विभिन्न पुजा महोत्सव समितिका नेताहरूलाई पठाएको पत्रमा शर्त पालना नगरे गम्भीर परिणाम भोग्नुपर्ने उल्लेख गरिएको छ । केही समितिले हिंसाको डरले दुर्गापूजा रद्द गरेका छन् । कतिपय भने प्रहरी कहाँ पुगेका छन् ।शेख हसिनाको सत्ता बहिर्गमनपछि मोहम्मद युनुसले सरकारको नेतृत्व सम्हालेका छन्। पत्रमा ‘इदमा नमाज पढ्ने जमीनमा हिन्दूहरूले पूजा गरेमा त्यो भूमि ‘अपवित्र’ हुने उल्लेख गरिएको छ ।



आइतबार हिन्दू स्वतन्त्रता सेनानी खगेन्द्रनाथ प्रामाणिकलाई उहाँकै घरमा धारिलो हतियार प्रहार गरिएको थियो । उनी स्वतन्त्रता सेनानी हुन् ।



