सरकारले प्रस्तुत गरेको बजेटबाट लगानीकर्ता असन्तुष्ट देखिएका छन् । बजेट प्रस्तुत भएको भोलीपल्ट अर्थात बुधबार भएको कारोबारमा लगानीकर्ता निराश बनेको देखिएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८१ प्रतिशतले घटेको छ । सेयर बजारका लगानीकर्ताका अनुसार बजेटमार्फत सरकारले बजार सुधारको योजना समेट्न सकेन । यद्यपि, यो क्षेत्रलाई थप बिगार्ने नीति समेत नलिएको उनीहरूको प्रतिक्रिया छ । तर बुधबार बजेटपछि पहिलोपटक भएको कारोबारमा परिसूचक दोहोरो अंकले खुम्चिएको हो ।१.१२ प्रतिशतले खुम्चिएसँगै नेप्से परिसूचक २०८९ अंकले घटेको छ । यसक्रममा बुधबार ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता सेयर किनबेच भएको छ । परिसूचक घटेपनि ५६ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।

यस्तै १९१ वटाको मूल्य घटेको छ । यसबाहेक बुधबार ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । युनिलिभर, कालिञ्चाके दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो । बुधबार ४ वटा समूहको सूचक समेत बढेको छ । वित्त, होटल र टुरिजम, उत्पादनमूलक र व्यापार समूहको सूचक बढेको हो । यसबाहेक अन्य समूहको सूचक घटेको छ । जीवन बीमा समूहको सबैभन्दा धेरै १३४ अंक र निर्जीवन बीमा समूहको सूचक १०४ अंकले घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय