बझाङ, पुस १९ – बझाङमा एकैदिन दुई छुट्टाछुट्टै जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। मृत्यु हुनेमा दुई चालकसहित एकै परिवारका तीन सदस्य रहेका छन्।

पहिलो दुर्घटना:

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाँदै गरेको से ००१ ज ८४३ नम्बरको जीप गएराति धमेना नजिकै दुर्घटनामा परेको हो। यसमा चालक केदारस्यूँ गाउँपालिका–१ रायलका ३३ वर्षीय शमशेर मल्ल, तलकोट–४ की ७२ वर्षीया जौमतीदेवी धामी, उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामी, र ६ वर्षीया आकृति धामीको मृत्यु भएको छ।

तीन जनाको घटनास्थलमै ज्यान गएको थियो भने बालिकाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएको छ।

दोस्रो दुर्घटना:

मष्टा गाउँपालिकाको भातेखोलाबाट कोटदेबल जाँदै गरेको सु प्र ००१ ज १३९८ नम्बरको जीप दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा मष्टा–१ रनाडाका धर्म थापाको ज्यान गएको छ।

दुर्घटनाको कारण खुल्न नसकेको र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। यी दुःखद घटनाले स्थानीयवासीलाई शोकमग्न बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय