काठमाडौं । गत आर्थिक वर्षमा भन्दा यो वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या १२ प्रतिशतले बृद्धि भएको छ । वैदेशिक रोजगार विभागले गत आ.व. २०८०-०८१ को १० महिनाको तुलनामा चालु आ.व. २०८१-०८२ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ११.९१ प्रतिशतले बृद्धि भएको जनाएको हो ।

गत आ.व. को यो अवधिमा ६ लाख १२ हजार ९ सय १० जनाले श्रम स्वीकृति लिएका थिए । चालु आ.व. को यो अवधिमा ६ लाख ८५ हजार ९ सय २४ जनाले श्रम स्वीकृति लिएर छन् ।

गत आ.व. को तुलनामा ७३ हजार ४ सय ३ जनाले बढी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय