प्रधानमन्त्री पुष्पकमल दाहालले बर्तमान सत्ता गठबन्धन पूर्ण कार्यकाल रहने दावी गरेका छन् । आज चितवनको शारदानगरमा तिनवटा खानेपानी आयोजनाको एकीकृत रुपमा उदघाटन गर्दै प्रधानमन्त्रीले गठबन्धन टुटाउन केही व्यक्ति लागिपरेपनि सफल नहुने बताएका हुन । प्रधानमन्त्री दाहालले कोशीमा प्रदेश सरकारलाई आधार बनाई गठबन्धन टुटाउन लाग्ने व्यक्तिको निदहराम भएको टिप्पणी समेत गरे ।
प्रधानमन्त्री दाहालले गठबन्धनका विषयमा कांग्रेस सभापति देउवा र नेता कोइरालासँग आफ्नो विशिष्ट सहमति भएको दाबी समेत गरे । उनले मुलुकमा सुशासन र समृद्धिका लागि सरकार लागिपरेको दोहो¥याए । खानेपानी मन्त्री महेन्द्रराय यादवले सबै जनतालाई खानेपानीको पहुचमा पुर्याउन सरकार लागिपरेको वताए ।



भरतपुर महानगर प्रमुख रेनु दाहालले दुई बर्षभित्र भरतपुरमा शतप्रतिशत जनतालाई खानेपानी पुर्याउने बताइन । प्रधानमन्त्रीले शारदानगर जागृति शहरी खानेपानी तथा सरसफाइ आयोजना,जखडीमाइ खानेपानी आयोजना र दिव्यनगर खानेपानी आयोजनाको उदघाटन गरेका हुन । शारदानगर ३७ करोड ९९ लाख, जखडिमाइ २५ करोड ७ लाख र दिव्यनगर ९ करोड ९६ लाख लाखको लागतमा निर्माण हुन लागेका हुन ।



