काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन् । खोप लगाउनेमध्ये १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला रहेका छन्, जुन लक्षित जनसंख्याको ३१.१ प्रतिशत हो ।

जिल्लाका सबै आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानमा मध्यविन्दु नगरपालिका (४९.८ प्रतिशत) र बौदिकाली गाउँपालिका (४७ प्रतिशत) मा उल्लेखनीय प्रगति देखिएको छ ।

चैत १ देखि ५ गतेसम्म सञ्चालन हुने यस अभियानमा ३५ वर्षभन्दा माथिका करिब १ लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षमा जिल्लामा १५ जना संक्रमित फेला परेका मध्ये ६ जनाको मृत्यु भइसकेको जनाएको छ । स्वास्थ्यकर्मीले सबै लक्षित नागरिकलाई नजिकको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय