काठमाडौं । बर्दियामा घरभित्र बालेको आगोको धुवाँमा निसास्सिएर तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ ।एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । भरत चन्दको घरभित्र आगो बालेका कारण उनका १८ महिनाका छोरा कार्तिक चन्द , ७ वर्षीय कृष चन्द, भरत चन्दकी बहिनी ३२ वर्षीया राधा बुढा र उनकी ११ वर्षीया छोरी मनीषा बुढाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट घाइते २८ वर्षीया करिष्मा चन्दको जिल्ला अस्सपतालमा उपचार भइ रहेको छ ।
जाडो छल्नको लागि राति साढे १० बजेतिर उनीहरूले घर भित्र आगो बालेको र झ्याल ढोका सबै बन्द भएको हुँदा भित्र धुवाँ गुम्सिएका कारण बालबालिकासहित चार जनाको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ यद्धपी प्रहरीले घटनाको अनुन्धान गरिरहेको छ ।






