बर्दिया — सामुदायिक वनमा घाँस काट्न गएका एक युवकको चितुवाको आक्रमणबाट मृत्यु भएको छ। गुलरिया नगरपालिका–५, तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकाय बारबर्दिया नगरपालिका–११, भेलभारस्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएका थिए। डिभिजन वन कार्यालयका अनुसार, चितुवाको आक्रमणपछि रोकाय घटनास्थलमै ज्यान गुमाए।

स्रोतका अनुसार, सोही क्षेत्रमा यसअघि पनि चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भइसकेको छ। स्थानीय प्रशासन र वन विभागले आवतजावतमा सचेत रहन र जंगली जनावरको जोखिम कम गर्न आवश्यक सतर्कता अपनाउन सचेत गराएका छन्। वन विभागले सामुदायिक वनमा प्रवेश गर्दा समूहमा हिँड्न, रातको समयमा वनमा नजान र जंगली जनावरको उपस्थितिको सम्भावना भएको क्षेत्रमा सावधानी अपनाउन निर्देशन दिएको छ। यो घटना बर्दियामा वन र मानवबीचको (Human-Wildlife Conflict) अझ गम्भीर हुँदै गएको संकेतस्वरूप रहेको वन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय