बर्दियामा एउटापोथी गैंडा मृत फेला परेको छ । बर्दिया राष्ट्रिय निकुञ्जसँगजोडिएको गेरुवागाउँपालिकास्थित नौलो बाँस सामुदायिक वनमा गैंडा मृत फेला परेको हो । निकुञ्जबाटै निस्केको गैंडा मृत भेटिएको हो निकुञ्ज सँगजोडिएको कर्णालीको भंगालो गेरुवानदीपारी रहेको उक्त सामुदायिक वनमा करिब १९-२० वर्षको पोथी गैंडा मृत फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । मृत्यु भएको पोथी गैंडासँग बच्चा समेत रहेको छ ।
गैंडा लाई वाह्यकुनै चोट पटक नलागेको र गैडाको खुर तथा खागपनि जस्ताको तस्तै रहेकाले गैडाको मृत्यु प्राकृतिक कारणले भएको प्रारम्भिक अनुमान निकुञ्जले गरेको छ । पोष्टमार्टमको रिपोर्ट पछी मात्र मृत्युको कारण स्पष्ट हुने बर्दिया राष्ट्रिय निकुञ्जका निमित्तप्रमुख संरक्षण अधिकृत बद्रि विनोद दाहालले बताएका छन् ।






