मंगलवार विहान थारु गुरुवाहरु बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै रहेको हात्ती प्रजनन केन्द्र हात्तीसारमा जम्मा हुँदै थिए ।हात्तीसारका माउतेहरु हात्ती सिंगार पटारमा व्यस्त देखिन्थे । हात्तीसारमा रहेका हात्तीहरुलाई सिंगार पटार गरेर नजिकै रहेको एसियाकै सबैभन्दा ठूलो गजराज हात्तीेको संझनामा खडा गरिएको स्तम्भ अगाडी ल्याईयो । त्येती वेला सम्म मधुवन र ठाकुरबाबा नगरपालिकाका थारु गुरुवाहरु जम्मा भई सकेका थिए । राजा गजस्तम्भ माभएको धजा फेरीयो । अगाडी दियो धुप वालेर थारु परम्परा अनुसार मुल गुरुवाले धाक (एक प्रकारको वाजा)वजाउँदै मन्त्रोचारण गर्न थाले । केहि क्षणमा जम्माभएका वाँकी गुरुवाहरु काप्न थाले । क्रमश उनिहरु लेजिब्रो छेडे । खालीखुट्टा बलिरहेको आगोमा हिँडे । काप्दै राजागज स्तम्भको पुजा गरे । थारु गुरुवाको पूजा पाठपछि सिङ्गारिएका हात्तीलाई मन पर्नेउखु, केरा, कुचि लगायतका खानेकुरा खान दिईयो ।



यसरी प्रत्येक वर्ष ठाकुरबाबा–९ स्थित हात्ती प्रजनन केन्द्र हात्तीसारमा हात्ती पुजागरी मनाउने परम्परा छ । हात्तीपुजामा संरक्षणकर्मी र स्थानीयको सहभागिता हुने गरेको छ । यस वर्ष वन्यजन्तु सप्ताहको अवसर पारेर हात्तीपुजा गरिएको हो ।जङ्गली हात्तीले निकुञ्ज मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले लगाएको अन्नबाली खाईदिनुका साथै घर भत्काईदिने र मानवीय क्षेती समेत गर्ने गर्दछन् । विशेषगरी हात्तीको पूजा पाठपछि मानव वन्यजन्तुबिच हुने द्वन्द्व कमहुने र मानव तथा वन्यजन्तु बिच सह अस्तित्व कायमहुने जनविश्वास रहि आएको छ ।
परम्परागत रूपमा दशैँका अवसरमा हात्तीबाट सुँगुरका पाठा कुल्चाउने परम्परा तथा हात्तीबीच खेलाइने फुटबल प्रतियोगिता अन्त्यगर्दै हात्तीपूजा गर्ने परम्परा थालिएको हो । बैशाख १ देखी ७ गते सम्म विविध कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाउने कार्यक्रम अन्तरगत दास्रो दिन हात्तीपुजा गरिएको हो ।
यसरी गरिने हात्तीपूजाले स्थानीय संस्कृति एवं धार्मिक परम्परा जोगाउँदै पर्यापर्याटनमा समेत टेवापुग्ने संरक्षण कर्मीहरु वताउँँछन्



