अर्घाखाँची- अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुदा भिडियो एक्सरे सेवा सञ्चालन हुन सकेको छैन् । छत्रदेव गाउँपालिका दुई बल्कोटमा रहेको केन्द्रमा दुई वटा भिडियो एक्सरे मेसिन भएपनि सञ्चालनमा आउन नसकेका हुन । भिडियो एक्सरे गर्ने डाक्टर अध्ययन विदामा गएपछि बिगत एक महिना देखि मेसिन सञ्चालन भएको छैन ।

प्राथमिक स्वास्थ्य केन्द्रमा चौविस घण्टे प्रसुती सेवा, ओपिडी सेवा, ल्याब सेवा, बीमा सेवा, लगायतका सेवाहरु प्रदान हुदै आएको छ । भिडियो एक्सरे सेवा सञ्चालन हुन नसक्दा गर्भवती महिलाहरु बढी मर्कामा परेका छन् ।

एक्स रे सेवा नहुँदा छत्रदेव, पाणिनि र गुल्मीको छत्रकोटका बासिन्दा उपचार सेवावाट बन्चित भएका छन । एक्स रे सेवा चाँडो सुरु गर्न स्थानीयले माग गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय