काठमाडौं । अनलाईन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) सहित आठ जना पक्राउ परेका छन् । अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र सोको विज्ञापन गरेको आरोपमा पौडेल र श्रेष्ठसहित बेगम नेपाली, एलिस राई, पवन खतिवडा, ज्वलन घर्ती मगर, सरोज घिमिरे र गणेश देवकोटा पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुले युट्युवमार्फत् वान एक्स बेटको विज्ञापन गरेको र प्रोमो कोड प्रयोग गरी वान एक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएको छ ।
यस अघि बुधबार पनि प्रहरीले उक्त एप्स्माफर्त एक अर्ब बढीको सट्टेबाजी गराउने पाँचलाई सार्वजनिक गरेको थियो ।



नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ ।



