रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारी लुम्बिनी ककरहवा सडक खण्डमा शनिबार विहानै स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ भने एक १ गम्भीर घाइते भएका छन् । घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने बसमा आगो लगाएर जलाएका छन् भने अहिले सो क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

घाइतेको भैरहवामा उपचार भइरहेको छ। सूर्यपुरा ३ सिद्धार्थ बोर्डिंग स्कुल को लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि स्थानीयले स्कुलबसमा आगो लगाइदिएका छन्। आगोले बस पूर्ण रुपमा क्षति भएको छ।

घटनामा मोटरसाइकलमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ का २१ वर्षीय मोहम्मद ईरसाद र १६ वर्षिया रुविना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी उक्त दुर्घटनामा घाइते सोही ठाउकै १७ वर्षीया अप्सना खातुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय