नेपालगञ्ज । नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधि प्रयोग गरेर आपतकालीन तटबन्ध निर्माण गरिएको छ । राप्ती नदीको बाढीबाट बस्ती जोगाउन ‘बेम्बोपाइलिङ र आरसीसी प्रकुपाइन’ प्रविधिबाट आपतकालीन तटबन्ध निर्माण गरिएको हो ।
राप्ती नदी किनारामा रहेको खल्ला झगडिया क्षेत्र राप्ती नदी कटानको उच्च जोखिममा रहेको छ । नदी कटानबाट त्यस क्षेत्रका करिब ३० हजार नागरिक बाढीको उच्च जोखिममा रहेका छन् । राप्तीको बाढीका कारण जोखिममा रहेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका गाउँ जोगाउन जनताको तटबन्ध कार्यक्रम संचालन गरिएको कार्यक्रमका प्रमुख डा. नारायण सुवेदीले जानकारी दिनुभयो । नदी तटीय क्षेत्रका बासिन्दा बाढीको पीडाले रातभर सुत्न नसक्ने अवस्थामा रहेकाले तत्कालका लागि बस्ती र जनधन जोगाउन अस्थायी रुपले नदीको चार मिटर गहिराइबाट तटबन्ध बनाउने काम भईरहेको छ ।



आगामी वर्ष मंसिरसम्म सक्नेगरी ६ करोड ५ लाख रुैयाँको लागतमा करिब ४ सय ५० मिटर लामो पक्की तटबन्ध निर्माण गरिने छ ।



