बारा-बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित ३ नम्बर पुल नजिक आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २७ जना घाइते भएका छन् ।काकड्भिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे बाराको अमलेखगन्ज – ३ नम्बर पुल नजिक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । उनीहरुको हेटौंडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाईतले उपचारका लागि हेटौँडा तथा चितवन मेडिकल कलेज पठाइएको छ । अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय