बाँके- बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला अर्थात रकम अपचलन मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत बाँकेले फैसला सुनाउँदै सहकारीको रकम अपचलन मुद्दामा १९ जनालाई दोषी ठहर गरेको हो । जिल्ला अदालत बाँकेका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले २१ जनालाई सफाइ दिँदै १९ जनालाई दोषी ठहर गरेको हो । अदालतले तत्काल विगो भराई पीडितलाई न्याय दिनुपर्ने फैसला गरेको हो ।

२०७६ असोजदेखि सुरु भएको रकम घोटाला प्रकरणको मुद्दामा हालसम्म ३३ जना धरौटीमा छुटेका थिए । ४३ करोड रकम अपचलनमा अहिले सात जना हिरासतमा रहेका छन् भने एक जना देश बाहिर रहेकाले अदालतमा हाजिर भएका छैनन् । यो मुद्दामा ४१ जना प्रतिवादी रहेको अदालतले जनाएको छ । अदालतको फैसलाले न्याय दिएको पीडितको भनाइ छ ।

संस्थाको नगद मौज्दात, बैंक मौज्दात, शेयर पुँजीसहित ४३ करोड २ लाख ५३ हजार ९५ र निक्षेपकर्ताको ३५ करोड ८५ लाख ९१ हजार ११३ गरि ७८ करोड ८८ लाख ४४ हजार २०८ रुपैयाँ हिनामिना र अपचलन गरेको अभियोग सहित मुद्दा दायर भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय