बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमण घटाउन बस्तीमा तार जाली र बाख्राको सुरक्षित खोर निर्माण गरिएको छ । राप्ती सोनारी गाउँपालिका–९ मा निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने महादेवा, बुच्चापुर, खैरहनी, गुरुवागाउँलगायतका टोलबस्तीमा तारजाली र बाख्राको सुरक्षित खोर निर्माण गरिएको हो ।

बाँके राष्ट्रिय निकुञ्ज, वन तथा वातावरणको क्षेत्रमा कार्यरत संस्था जेडएसएल, इलम, इन्रुडेकलगायत संस्थाले राप्ती सोनारी–९ मा मात्र २१० सुरक्षित खोर र ३० गाईभैँसीको भकारो सुधार गरिएको छ ।

बाख्राको सुरक्षित खोर निर्माण भएपछि निकुञ्जसँग जोडिएका गाउँबस्तीमा चितुवा, बाघ तथा अन्य वन्यजन्तुबाट बाख्रा र भेडा जोगाउन सहज भएको छ ।

गाउँमा चितुवा आएर भेडाबाख्रा खान थालेपछि भेडाबाख्रा पाल्न छाडेका किसानले पनि अहिले सुरक्षित खोर निर्माण भएपछि पुनः बाख्रापालन थालेका छन् ।

यसैगरी बाँकेको कम्दी जैविक मार्गका ३० घरमा पनि बाख्राका लागि सुरक्षित खोर निर्माण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय