१०औँ साधारण सभा तथा चौथो अधिवेशनबाट नयाँ कार्यसमिति चयन; सुरक्षित इन्धन आपूर्ति र व्यवसायीको हकहितमा काम गर्ने लामाको प्रतिबद्धता

बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्ष पदमा चन्द्रागिरि नगरपालिका–४, थानकोटका प्रतिष्ठित व्यवसायी ईश्वर लामा निर्वाचित भएका छन्। एशोसिएशनको सम्पन्न १०ौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

लामो समयदेखि थानकोट क्षेत्रमा इन्धन तथा इन्धनजन्य व्यवसाय सञ्चालन गर्दै आएका लामा स्थानीय व्यवसायीहरू माझ लोकप्रिय मानिन्छन्। देशकै मुख्य इन्धन आपूर्ति र भण्डारण केन्द्रको रूपमा रहेको थानकोट क्षेत्रका व्यवसायीले प्रादेशिक/क्षेत्रीय तहको नेतृत्व प्राप्त गरेपछि स्थानीय उद्योगी, व्यवसायी तथा चन्द्रागिरि नगरबासीहरूमा गौरव र उत्साह छाएको छ।

सुरक्षित इन्धन आपूर्ति र व्यवसायीका समस्या समाधान मुख्य प्राथमिकता

अध्यक्ष पदमा निर्वाचित भएलगत्तै आफ्नो प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष ईश्वर लामाले पेट्रोलियम व्यवसायीहरूले भोग्नुपरेका विविध व्यावहारिक तथा प्राविधिक समस्याहरूको समाधान नै आफ्नो कार्यकालको मुख्य प्राथमिकता हुने बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय