काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-०८३ को ६ महिनाको अवधिमा ८ दशमलव ९९ प्रतिशत मात्र पूँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सरकारले चालु आ.व. २०८२-०८३ को साउनदेखि पुससम्ममा कूल बजेटको करिब १४ दशमलव १० प्रतिशत खर्च गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१-०८२ को तुलनामा २ दशमलव १७ प्रतिशत कम खर्च भएको हो ।

आ.व. २०८१-०८२ को ६ महिनाको अवधिमा प्रदेश सरकारले कूल बजेटको १६ दशमलव २७ प्रतिशत बजेट खर्च गरेको थियो । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत केशव भण्डारीले चालु आव २०८२÷०८३ को ६ महिनाको अवधिमा प्रदेश सरकारले चालुतर्फ २२ दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ ८ दशमलव ९९ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो ।

चालु आव २०८२-०८३ का लागि प्रदेश सरकारले रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकोमा छ महिना सकिँदा ९ अर्ब ५८ करोड ४ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोेकसेवा आयोगले ३६ दशमलव ३५ प्रतिशत, मुख्य न्यायाधीवक्ताको कार्यालयले ३० दशमलव ८० प्रतिशत, प्रदेशसभा सचिवालयले २९ दशमलव ३५ प्रतिशत, श्रम रोजगार तथा यातायात मन्त्रालयले २८ दशमलव १० प्रतिशत, स्वास्थ्य मन्त्रालयले २६ दशमलव ४३ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले २५ दशमलव ९१ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले दुई दशमलव ३० प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय