बागलुङ बजारमा एक हजारका नक्कली नोट फेला परेका छन् । सेवाग्राहीले जम्मा गर्न ल्याएको रकम नक्कली भएको पाइएको हो ।
नेपाल लिमिटेड बागलुङ शाखाका प्रमुख कृष्ण बहादुर कुवँरले बागलुङ बजारका विभिन्न बैंकमा ९ वटा भन्दा बढी एक हजारका एउटै नम्बरका नोट फेला परेको बताए । बागलुङ स्थित नेपाल बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंकमा जम्मा गर्न लिएर रकममा नक्कली नोट फेला परेको उनको भनाइ छ ।

कतिपय नम्बरका नोट दोहोरो फेला पर्न थालेले सचेत रहन आग्रह गरे । नक्कली नोटमा कागजको गुणस्तर, राष्ट्रिय फुल, स्टिकर र सुरक्षात्मक चिन्ह फरक पाइएको र नम्बरनै एउटै पाइएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय