बागलुङ । सरकारले सय पर्यटकीय धार्मिक गन्तव्य क्षेत्रका रूपमा सूचीकृत गरेपछि बागलुङको कालभैरव मन्दिरको आम्दानी बृद्धि भएको छ । धार्मिक पर्यटक भित्र्याउँदै आएको बागलुङ नगरपालिका–१२ स्थित कालभैरव मन्दिरमा २०७९ सालमा ६ वर्षपछि गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै पूर्वाधार निर्माणले तीव्रता पाएको छ । दर्शनार्थीको सङ्ख्यामा बृद्धि भएपछि भेटी सङ्कलनमा समेत तेब्बरले बद्धि भएको छ ।

पछिल्लो दुई वर्षयता बलेवा कालभैरवको पूर्वाधारमा सत्तल, सचिवालय, प्रवेशद्वार, पदमार्ग, खानेपानी, शौचालयलगायत पूर्वाधारमा ८० लाख रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ । समितिको आन्तरिक रकमबाट ११ वटा व्यावसायिक सटर निर्माण गरेपछि आगामी वर्षबाट मन्दिरको मासिक आम्दानीसमेत बढेको छ ।

वि.सं. १७८० तिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ । मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ । पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा दाजुभाइमाझ झगडा परेपछि एक भाइ छुट्टिएर बलेवामा आएको र भैरवलाई पनि छुट्याएर यहीँ ल्याएर स्थापना गरेको जनविश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय