बाजुराको सदरमुकाम मार्तडी बजारमा आज दिउँसो भीषण आगलागी भएको छ। बजारस्थित एक पसलबाट सुरु भएको आगो तीव्ररूपमा फैलिँदै गएपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको हो।जिल्ला प्रहरी कार्यालय मार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार आगो दिउँसो करिब १२:२० बजे लागेको हो। प्रारम्भिक चरणमै नियन्त्रणमा लिन प्रयास गरे पनि बजारमा दमकलको सुविधा नहुँदा आगो निभाउन कठिनाइ भएको उनले बताए।

मार्तडी बजारवासीले प्रहरीले समन्वयमा गरेर उपलब्ध ड्रम, पाइप, बाल्टिन तथा अन्य स्थानीय स्रोत–साधन प्रयोग गर्दै आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्। बजारको घर–घर नजिक–नजिक भएकाले आगो अझै फैलिन नदिन सर्वसाधारण सतर्क गराइएको छ। आगलागी कसरी सुरु भयो भन्ने बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा भीड बढेपछि सुरक्षा व्यवस्था बढाइएको छ। स्थानीय प्रशासनले आगो नियन्त्रणका लागि आसपासका क्षेत्र तथा वडा कार्यालयहरूलाई पनि सहयोगका लागि आह्वान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय