बाजुरा, (क्युडि) । बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा बिहीबार बिहान एक जीप दुर्घटना हुँदा दुई जना महिलाको मृत्यु भएको छ।
वडा नम्बर ५, क्युडिबाट धुलाचौरतर्फ जाँदै गरेको लु १ ज ३६८३ नम्बरको जीप क्युडि गाउँ नजिकै दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परी सोही गाउँपालिकाकी ७५ वर्षीया बिजौरा रोकाया र ७३ वर्षीया बाचा रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।



दुर्घटनामा जीपमा सवार अन्य १२ जना घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। घटनाको थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलमा खटिएको छ।



