बाजुरा जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन्। धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु।प।प्र।०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा हिमाली गाउँपालिका–२ नातीखोलाका ४० वर्षीय धर्मलाल बुढा, ३१ वर्षीया मिजरा बुढा, ४० वर्षीय अम्मरसिंह बुढा, २८ वर्षीय जङ्गसिंह बुढा, २७ वर्षीय लोकेन्द्र बुढा, २० वर्षीय गोरख रोकाया, २० वर्षीया अस्मिता थापा, ९ वर्षीया सुस्मा बुढा तथा जिप चालक अन्दाजी २५ वर्षीय जनवीर बुढा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार जनवीर बुढाले चलाएको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो। उहाँका अनुसार घाइतेहरूको ढाड, टाउको, कम्मर, हात र खुट्टामा चोट लागेको छ। घाइतेहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि धुलाचौर तथा कोल्टी अस्पताल पठाइएको छ। प्रहरीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था मध्यम रहेको छ भने अन्य पाँच जनाको अवस्था सामान्य रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय