काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागले अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरका खानेपानी तथा सरसफाइ प्रणालीमा पुगेको क्षतिको विवरण संकलन सुरु गरेको छ । देशका सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण संकलन गरी केन्द्रमा पठाउन विभागअन्तर्गतका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई परिपत्र गरिएको छ ।

देशभर १५ वटा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रहेका र ती कार्यालयले खानेपानी तथा सरसफाइ क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गरी विभागमा पठाउन परिपत्र गरिएको हो । विभागका महानिर्देशक ई. कमलराज श्रेष्ठले संकलन गरिएका विवरणलाई आधार बनाई तत्कालीन राहत तथा दीर्घकालीन पुनःस्थापनाको योजना बनाइने बताउनुभयो । विशेषगरी इलाम र तराईमा बाढीपहिरोले खानेपानीमा क्षति पु–याएको भन्दै उहाँले विवरण संकलन भएपश्चात् प्रभावित क्षेत्रको पहिचान, क्षतिको प्रकार, अनुमानित लागत तथा पुनःस्थापनाको प्राथमिकता निर्धारण गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षा र बाढीपहिरोबाट खानेपानी तथा सरसफाइ क्षेत्रमा ४ अर्ब रुपैयाँ भन्दा बढीको क्षति पुगेको खानेपानी मन्त्रालयले जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय