काठमाडौं । खोटाङमा बाढीले बगाउँदा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्धको ज्यान गएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खाकी ४३ वर्षीया शान्ता राईलाई घर नजिकै छाङ्गे खोलामा मृत अवस्थामा भेटिएको थियो । यस्तै, केपिलासगढी गाउँपालिका–४ बाक्सिला गैरी गाउँस्थित ७१ वर्षीय पर्शुराम परियार खहरे खोल्सा तर्नेक्रममा बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार साउन २ गते अपरान्ह ४ बजे घरबाट हिँडेकी शान्दा राई घर नर्फिएपछि खोजी गर्ने क्रममा घर नजिकै ५० मिटरको दुरीमा रहेको छाङ्गे खोलामा मृत फेला परेकी थिइन् । राती साढे ८ बजे आफन्तले खोलामा मृत भेटाएर प्रहरीलाई खबर गरेका थिए । यस्तै, साउन २ गते साँझ ७ बजे पर्शुराम परियारलाई खहरे खोल्साले बगाएर एक सय मिटर तल मृत भेटाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय