काठमाडौं । अविरल वर्षाले गत जेठ २८ गतेदेखि सोमबार दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोमा परी ७४ जनाको मृत्यु भएको छ ।
काठमाडौंले उपत्यकामा १, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा ३, बागमती प्रदेशमा ४, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ जनाको मृत्युभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विपद्मा परेर काठमाडौँ उपत्यकामा ३, कोशी प्रदेशमा २१, मधेश प्रदेशमा ५, बागमती प्रदेशमा ४, गण्डकी प्रदेशमा २६, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा १० गरी ८८ जना घाइते भएका छन् ।



बाढीले १६१ घर डुबानमा परेको छ भने ९४ घर, ५३ गोठ, ४१ पुल, १ विद्यालय र २ वटा सरकारी कार्यालय, २ हजार २ सय ९६ घर परिवार विस्थापित भएको नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताउनु भयो ।



