पाँचथर– बर्षाका कारण गएको बाढी पहिरोले पाँचथरका मुख्य सडकहरु अवरुद्ध भएका छन् । मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, तमोर करिडोर, फिदिम–फालोट, राँके–रवि–भेडेटार सडक अवरुद्ध छन् । ग्रामिण क्षेत्र जोड्ने विभिन्न सडकमा पनि क्षती पुगेको छ ।ठाउँ ठाँउमा अवरुद्ध सडक खुलाउन समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि कौशल बुढाथोकीले जानकारी दिए । मेची राजमार्ग अन्तर्गतको पाँचथरको हेवा खोलको डाईबर्सन भन्दा माथीबाट खोला बगिरहेको छ । अहिले सडक अवरुद्ध हुँदा वारीका यात्रु वारी, परिका पारि भएका छन् । हेवा खोलामा अवरुद्ध भएकाले ताप्लेजुङको सडक सम्बन्ध टुटेको छ । पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङ गाँउपालिकाको पनि सडक सम्पर्क टुटेका छ । पेनस्टक पाईप राखेर डाइबर्सन बनाइएको थियो ।

२०८० सालदेखि हेवा खोलाले दुखः दिईरहेको छ । पानीको वाहक घटेपछि पुनः डाईबर्सन सञ्चालनमा ल्याउन प्रयास गरिने सडक डिभिजन इलामका प्रमुख पवन भटराईले जानकारी दिए । तमोर करिडोरको धनकुटा र पाँचथरको सिमानाको नावा खोलमा बाढी आएर अवरुद्ध भएको छ । पुन नबन्दा खोलाबाटै गाडी चलाउनु पर्ने बाध्यता थियो । मध्यपहाडी लोकमार्गको याङवरक गाउँपालीकामा पर्ने इङ्वा खोलाले डाईसर्बन बगाएकाले सडक अवरुद्ध भएको छ । यस्तै लोकमार्गकै रिजाल भिरमा पहिरो खसेर सडक अवरुद्ध छ । फिदिम–फालोट सडकको फेमेखोले खोलाको धर परिवर्तन गर्दा डाईसर्बनबाट खोला नबगी सडक कटान गरी सडक अवरुद्ध छ । खोला पुरानै ठाँउमा फर्काएर सडक खुलाउनका लागि जनशक्ति परिचालन गरिएको पूर्वाधार कार्यालय पाँचथरका प्रमखु शैलेन्द्र सिंहले जानकारी दिए । यहि सडकको मुवा खोलामा डाईबर्सन बगाएको छ ।

राँके–रवि–भेडेटार सडकको फाल्गुनन्द गाउँपालिका र मिक्लाजुङ गाँउपालिकामा सडक अवरुद्ध छ । अन्य ग्रामिण क्षेत्र जाने सडकहरुमा पनि क्षती पुगेको छ । सदरमुकाम फिदिममा ७४ दशमलव ६ मिलिमिटर पानी परेको मापन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय