बाराको पथलैया–निजगढ सडकखण्डमा शनिबार बिहान इभी माइक्रोबसमा आगो लागेको छ। पोखराबाट काकरभिट्टातर्फ जाँदै गरेको नेपाल यातायात प्रालिको माइक्रोबसमा करिब बिहान ३:३० बजे अचानक आगो लागेको थियो।

गाडीमा सवार १४ जना यात्रुलाई चालकले तत्काल गाडी सडक छेउमा रोकेर सुरक्षित बाहिर निकाले। आगलागीले माइक्रोबस पूर्ण रूपमा नष्ट भए पनि यात्रुहरू र उनीहरूको सामान सुरक्षित रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय निजगढको टोलीले अलपत्र परेका यात्रुहरूलाई अर्को सवारीसाधनमा राखेर गन्तव्यतर्फ पठाएको थियो। प्रारम्भिक अनुमान अनुसार आगो विद्युत सर्टका कारण लागेको हुन सक्ने प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय