काठमाडौको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा विहानै देखि भक्तजनहरुको टिका लगाउन भिड लागेको छ । उक्त मन्दिर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मात्र खुला हुने गर्दछ ।
भाइटिकाको अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।






