नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मा ले शुक्रबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै उनले नेपाललाई विश्व मञ्चमा अझ राम्रोसँग प्रस्तुत गर्न आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्।मन्त्री शर्माले भने, “नेपाल हाम्रो देश हो। यदि हामी यसलाई राम्रोसँग व्यवस्थापन नगरी छोड्यौं भने समस्या बढ्न सक्छ। म मन्त्री भएर आएको कारण यही हो कि मन्त्रालय र देशको स्थिति सुधार होस्।” उनले विभिन्न मुलुकमा नेपालका राजदूतहरूले गरेका कामलाई सम्मान गर्दै त्यसको आधारमा मन्त्रालयको काम अघि बढाउने योजना पनि जनाए।

निर्वाचनको सन्दर्भमा उनले उल्लेख गरे कि यदि छिमेकी वा अन्य देशहरूसँग सहकार्य आवश्यक भए, त्यो सहकार्य सही तरिकाले गरिनेछ। साथै, मित्र राष्ट्रहरूसँगको सम्बन्ध सकारात्मक रुपमा अघि बढाउने र आवश्यक सहयोग प्राप्त गर्ने आफ्नो प्रतिबद्धता पनि उनले व्यक्त गरे।बालानन्द शर्माले यस क्रममा भने, “छिमेकी देशहरू उदयीमान छन्। सहकार्य गर्दै अघि बढ्न सकिन्छ। अहिले मुलुक चुनावमय भइसकेको छ, र आवश्यक परे बाह्य सहयोग लिन मन्त्रालय तयार छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय