प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा छलफल भएको छ । शान्ति प्रक्रियाको १७ वर्ष पुगेको अवसरमा तीन दलका शीर्ष नेताबीच छलफल भएको हो ।

छलफलमा नेताहरुले शान्ति सम्झौताका बाँकी कामहरूलाई यथाशक्य छिटो टुंगोमा पु¥याउने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलहरू मध्यका तीन जना शीर्ष नेताहरूले शान्ति सम्झौताका बाँकी काम छिटो टुंग्याउने सहमति जनाएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय