कुनै समय रास्वपासमेतलाई अपशब्द प्रयोग गरी सामाजिक सञ्जालमा पुराना दलमाथि गाली बर्साएका बालेन शाह अहिले आफै संसदीय राजनीतिमा प्रवेश गर्दै हुनुहुन्छ । पछिल्लो सक्रियताले अब विगतका स्थापित दल बाहेकलाई साथमा लिएर बालेन देशको प्रधानमन्त्री बन्ने सपनाको अन्तिम विन्दुमा पुग्न लागेको देखिन्छ ।राजनीतिक सुरु गरेको तीन वर्षमै देशको कार्यकारी पदमा पुग्ने हुटहुटी बालेनको कुनै दिवास्वप्ना मात्र होइन बरु जेनजी आन्दोलनले ल्याएको परिवर्तनको जिजिविषा बनेको छ ।

भनिन्छ, राजनीतिमा विरासत चाहिन्छ । त्यो विरासत कुनै पारिवारिक आर्जन नभए पनि लामो समयको संघर्ष र सामाजिक योगदानमा आधारित पक्कै हो । त्यसो भन्दैमा आन्दोलन र संघर्ष पनि लामो वा अखण्ड हुनुपर्छ भन्ने मान्यतालाई भदौ २३ र २४ गतेले खारेज गरिसकेको छ । यस्तो अवस्थामा बालेनको कार्यकारी सपना स्वभाविक घटनाक्रमका रुपमा आएको छ ।
त्यसैले हो, पहिलो निर्वाचनमै आफूलाई प्रमाणित गरेको रास्वाले काँध थापेको, व्यक्तिगत कर्मकै आधारमा उज्यालो छवि बनाएका कुलमान घिसिङ साथ दिन तयार भएको, माक्सर्वाददेखि कम्युनिजिमका कयौँ विचार र वाद बुझेका अनि देशको प्रधानमन्त्रीसमेत भइसकेका बाबुराम भट्टराईले समेतले धाप मारेको । बालेनको आँट र बढिरहेको समर्थनले उहाँलाई अब मुलुकको जिम्मा दिने तयारी व्यापक रुपमा भइरहेको छ भन्नेमा कुनै शंका देखिँदैन । तर, पुराना र स्थापित दलहरु बालेनका लागि मुख्य चुनौतीका रुपमा हाइलाइटेड छन्, यो कुरामा सायद बालेन अनभिज्ञ हुनुहुन्न । यस्तोमा बालेनका चुनौती के छन् त ?

राजनीतिक विचार
एक स्ट्रक्चरल इन्जिनियर र र्यापरका रूपमा बालेनले समाजको भित्री तहलाई बुझ्नु भएको छ । तर, उहाँसँग कुनै स्पष्ट राजनीतिक दर्शन वा विचारधारा जसलाई पोलिटिकल आइडोलोजी भनिन्छ, त्यो भन् प्रष्ट देखिएको छैन । न त उहाँ समाजवादका कुरा गर्नुहुन्छ, न त उदारवादको । उहाँको दर्शन भनेकै पपुलिजमु अर्थात लोकप्रियतावाद र टेक्नोक्रेसी अर्थात् प्रविधिवादको मिश्रण जस्तो मात्रै देखिन्छ । जहाँ काम हुनुपर्छ, प्रक्रिया जेसुकै होस्ु भन्ने मान्यताले प्रधानता पाउँछ । सार्वजनिक रुपमा आफ्नो राजनीतिक विचार नदिँदा उहाँमाथि यो प्रश्न उठिरहेको छ ।

गुप्तवास र सामाजिक सञ्जालको राजनीति
बालेनको राजनीति गर्ने शैली अनौठो छ । उहाँ सडक वा सार्वजनिक मञ्चहरुमा नदेखिँनु । फेसबुक स्टाटसु बाट देशको राजनीति हल्लाइदिने ल्याकत छ र त्यसैबाट उहाँले समर्थक बटुल्नुभएको छ । यसले लोकतन्त्रमा हुनुपर्ने संवाद र जवाफदेहितालाई भने ओझेलमा पारेको छ । सामाजिक सञ्जालहरुमा साइबर बटालियनहरुले जोगाइदिएको साख सार्वजनिक राजनीतिमा आउँदा परास्त हुने जोखिम उत्तिकै छ । त्यसका लागि उहाँले फेरि फरक खालको रणनीति तय गर्नुपर्छ ।

सह-अस्तित्वको सवाल
राजनीति भनेको सह-अस्तित्व र सम्झौताको कला हो । तर बालेनको विगत हेर्दा उहाँ सम्झौतामा विश्वास गर्ने व्यक्ति होइन भन्ने देखिन्छ । चाहे सडकका साना व्यापारीसँगको व्यवहार होस् वा संघीय सरकारसँगको टक्कर ।बालेनले कहिल्यै विन-विन को बाटो रोजेको देखिदैन । म मात्र सही, अरु सबै गलतु भन्ने प्रवृत्तिले उहाँलाई संसदीय चुनौती निम्त्याउन सक्छ । संसदीय राजनीति स्थानीय तहको भन्दा पक्कै फरक छ ।

जेनजीको अपेक्षा र आन्दोलन
अहिले नेपालको राजनीतिक परिदृश्य बदलिएको छ। जेनजी अब पुराना नेताका आश्वासनमा भुल्दैन। बालेनलाई यो पुस्ताले आफ्नो आवाज मानेको छ। तर, यो पुस्तामा धैर्यता निकै कम छ। पछिल्लोपटक जेनजीकै विभिन्न समूहले सुरु गरेका आन्दोलनले उनीहरु कति अधैर्य छन् भन्ने कुरा पुष्टि गरेको छ । यदि बालेन संसदीय राजनीतिमा छिरेर पुरानै प्रणालीको चक्रव्यूहमा फस्नुभयो भने त्यसपछिको अवस्था थप असामान्य बन्न सक्छ ।

नयाँ शक्ति र पुराना दलको घेराबन्दी
एकातिर मुलुकका स्थापित राजनीतिक शक्तिहरु छँदैछन् । नयाँ शक्ति उदाउँदा पुराना शक्ति भोटको राजनीतिमा कमजोर बन्छन्, यो सत्य हो । तर पुराना दलको विचार, वाद वा एजेण्डा गल्दैनन् । त्यसमाथि कांग्रेस र एमालेजस्ता पुराना शक्ति आफ्नो भोट बैंक बचाउन बालेन विरुद्ध मोर्चाबन्दी गर्न सक्छन् । अर्कोतिर अरु थुप्रै नयाँ दल र शक्तिहरु गृहकार्यमा छन्, यी सबैले बालेनलाई स्वीकार्लान् भन्ने ग्यारन्टी छैन ।

अग्निपरीक्षामा बालेन
बालेन शाहको आगामी यात्रा बाहिर बसेर गाली गर्नु जस्तो सजिलो छैन । उहाँले अब सिद्धान्तको आधारमा उभिनुपर्नेछ, सह-अस्तित्वलाई स्विकार्नुपर्नेछ र महानगरका सडकबाट देशको नेतृत्व गर्ने क्षमता प्रमाणित गर्नुपर्नेछ । लौरोले सहारा दिन्छ कि केवल प्रहार मात्र गर्छ रु यसले बालेनलाई अग्निपरीक्षामा हाल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय