काठमाडौं । बालेन्द्र साह (बालेन) को नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ । शुक्रबार काठमाडौं -३१ का युवराज सफलले गृह मन्त्रालयमा निवेदन दर्ता गराएका हुन् । उजुरीमा साहले आफूखुसी थर परिवर्तन गरेको आरोप लगाइएको छ ।
निवेदनअनुसार, शाहले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर उल्लेख भएको दाबी गरिएको छ । तर, २०७९ असार १९ गते काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएपछि नागरिकताको प्रतिलिपि लिंदा आफ्नो थर ‘शाह’ बनाएको उल्लेख गरिएको छ । उजुरीकर्ताले झुटो विवरण पेश गरेर थर परिवर्तन गरिएको दाबी गर्दै नागरिकता रद्द गर्न माग गरेका छन् ।



यस विषयमा सम्बन्धित निकायबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी छ ।



