काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लक्षित कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा बालेन शाहको फेसबुक स्टाटसको चर्चा भइरहेका बेला मन्त्री पुनले ‘सर्को तानेका बेला केही नबोल्न र नलेख्न भन्दै कटाक्ष गरेका हुन् । मन्त्री पुनले फेसबुकमा लेखेका छन्–‘केही केही आशा लाग्दा अभियन्ता र अगुवाहरुले बेलाबेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ । सर्को ताने पनि केही छैन तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’
यस्तै धरानका मेयर हर्क साम्पाङले आफूले त्यो शब्द लेखेको भए के हुन्थ्यो भन्दै प्रश्न गरेका छन् । साम्पाङले लेखेका छन्– ‘मन पर्ने मान्छेको पादै मिठो ! मन नपर्ने मान्छेले मुटु नै झिकेर दिँदा पनि हेलाहोचो ! मैले त्यो शब्द लेखेको भए के हेन्थ्यो ! अचेत जिन्दगीको जय होस् !’



गएराति मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटस अहिले निकै भाइरल भइरहेको छ । शाहले केही समयमै स्टाटस भने डिलिट गरेका थिए ।



