काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) साहले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनमा भएको खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
फागुन २१ गते भएको निर्वाचनमा साह झापा–५ बाट अत्याधिक मतले विजयी भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उनले निर्वाचन कार्यालय झापामा सोमबार खर्च विवरण बुझाएका हुन् ।



विभिन्न शीर्षकमा जम्मा १४ लाख १७ हजार २ सय ८९ खर्च भएको उनले बुझाएको विवरणमा उल्लेख छ । सबैभन्दा बढी वडास्तरीय प्रचार कार्यक्रममा पाँच लाख ८० हजार खर्च भएको छ । दुईवटा सवारी साधनमा प्रयोग बापत दुई लाख ९३ हजार आठ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।



