काठमाडौं । २०४६ सालको जनआन्दोलनका कमाण्डर स्व. गणेशमान सिंहकी छोरी रिता सिंह वैद्यको निधन भएको छ ।
मेडिसिटी अस्पतालमा उपचारका क्रममा रिताको आज विहान निधन भएको हो । रिता लामो समयदेखी किड्नी फेलियर भएर डायलेसीस गराइरहेकी थिइन् । उनको शोभा भगवती, कर्णद्वीपमा दाहसंस्कार गरिएको छ ।



रिता नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा मुछिएकी थिइन् ।



