काठमाडौं । बिपरजोय आँधी पाकिस्तान र भारतको तटीय क्षेत्रमा ठोक्किएको छ ।
गएराति भारतको महाराष्ट्र, गुजरात तथा पाकिस्तानको कराँची प्रान्तका तटीय क्षेत्रमा बिपरजोय आँधी ठोक्किँदा आँधीको शक्ति कमजोर भएको जनाइएको छ । अहिलेसम्म आँधीबाट भारतमा ५ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । भारतीय संचार माध्यमले गुजरातका ९ सयभन्दा बढी गाउँ आँधीबाट प्रत्यक्ष प्रभावित भएको जनाएको छ ।



वर्षासँगै आएको आँधीले भारत र पाकिस्तानका तटीय क्षेत्रमा रहेको बजुलीका पोल ढलेको छ । पोल ढलेसँगै सहरमा ब्ल्याक आउट भएको र बिजुली आपूर्ति हुन समय लाग्नेसक्ने अनुमान गरिएको छ ।



