धरान – सोमबारदेखि बस्दै आएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी सदस्य (कास) बैठकले माघ २९ गते सिनेटको बैठक बस्ने निर्णय गरे पनि बढुवा प्रक्रियाको विषयलाई गम्भीरता नलिएको भन्दै आन्दोलनरतपक्ष असन्तुष्ट बनेका छन् ।
मंगलबार बसेको कासको बैठकले माघ २९ गते स्वास्थ्यमन्त्री एवम् प्रतिष्ठानका सहकुलपति मोहनबहादुर बस्नेतेको उपस्थितिमा सिनेट बैठक बस्ने निर्णय गरेको थियो । कासको बैठकमा नै राखिएको एजेण्डामाथि आन्दालनेरत पक्ष शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले असहमति जनाउदै आएका थिए । ६० प्रतिशत बढुवा प्रक्रिया सम्पन्न भइसकेको र बाँकी ४० प्रतिशत बढुवा प्रक्रिया सुचारु नै नगरेका जिम्मेवार पदाधिकारीहरुले अझै पनि बढुवा प्रक्रियाको एजेण्डा सिनेटमा छलफल गर्ने बुदाले आफूहरुलाई बढुवा प्रक्रिया सुचारु हुनेमा आशंका रहेको बताएका छन् ।

बढुवा प्रक्रिया गर्नेपर्ने भएपनि कासको बैठकमा एक मत नहुदा यो निर्णय अगाडि बढ्न नसकेको सिनेट सदस्य डा. निलाम्बर झाले बताए ।
बढुवा प्रक्रियामा अहिलेका कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्की नै सकारात्मक हुन नसक्दा शिक्षक तथा कर्मचारीहरुले आन्दोलन गरेको एसोसिएट प्रोफेसर डा. विजया अर्यालले बताए । प्रा.डा. कार्की सकारात्मक भइदिएको भए रोकिएको बढुवा पक्रिया पहिला नै सुचारु भइसक्ने उनको भनाइृ छ ।शिक्षक कल्याण समाजका अध्यक्ष डा. शेराज अलि खानले बढुवा प्रक्रियामाथि छलफल गर्ने बुदाको सट्टा बढुवा प्रक्रियाको मिति तय गर्ने भन्ने बुदा भएको भए विश्वस्त हुने ठाउँ रहेको बताए ।

उनीहरुले कामु उपकुलपति प्रा.डा.उपकुलपतिमाथि दोषारोपण गर्न छाडेका छैनन् । पौष २ देखि १५ गतेसम्म बाँकी रहेका बढुवा प्रक्रियाको कामलाई निरन्तता दिने सहमति भए पनि नभएपछि थप आन्दोलित बनेका हुन् । कासको बैठको विषयमा बुझ्न खोज्दा प्रवक्ता डा. पारस पोखरेल केही नबोली पन्छिने प्रयास गरेका थिए । यसैबीच आन्दोलतर पक्षले नाक,कान,घाटी विभाग प्रमुख प्रा.डा.संगीता भण्डारीको कार्यकक्षमा घेराउ गरेका थिए ।

आन्दोलनमा सहभागी विभागका स्टाफ नर्सहरुलाई नियमविपरीत स्पष्टीकरण सोधेको भन्दै आन्दोलनरत कर्मचारी, शिक्षकहरुले डा.भण्डारीको कार्यकक्षमा घेराउ गरेका हुन् । स्टाफ नर्सलाई मेट्रोन वा अस्पताल प्रशासनमार्फत मात्रै स्पष्टीकरण सोध्न पाउने नियम विपरीत डा. भण्डारी आफैले पत्र काटेपछि आन्दोलनरत शिक्षक, कर्मचारी आन्दोलित हुनु परेको शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अलि खानले बताए ।

उनीहरूले घेराउ गर्दै डा.भण्डारीविरुद्ध नाराबाजी सेत गरेका थिए । आन्दोलनरत पक्षले स्पष्टीकरण फिर्ता लिनुपर्ने र माफी माग्नुपर्ने माग गरेका थिए । बढुवा प्रक्रियालाई लिएर आन्दोलनमा उत्रिएका शिक्षक तथा कर्मचारीको माग समयमै सुनुवाई नहुदा प्रतिष्ठान नै अस्त व्यस्त बनेको छ । उपचारमा आएका विरामीको समयमै उपचार भएको छैन भने शैक्षिक गतिविधि समेत ठप्प भएको छ । यसले गर्दा प्रतिष्ठानको करौडै रुपैया गुम्दै गएको छ । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय