बीपी राजमार्गमा असार ७ गते देखि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म १५ दिनका लागि भनेर रोकिएको यात्रुवाहक सवारी थप १ महिना चलाउन रोक लगाइएको छ ।

बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला प्रशासन कार्यालय सिन्धुलीले विज्ञप्ति जारी गर्दै रातीको समयमा यात्रुवाहक सवारी चलाउन रोक लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको बैठकले आगामी असार २२ गते देखि १ महिना सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।

उहाको अनुसार हाल देशमा मनसुन सक्रिय अवस्थामा रहेको हुँदा कुनै पनि समयमा वर्षातका कारण विपद् (बाढी, पहिरो) को अवस्था सिर्जना हुन सक्ने भएकोले त्यस्ता विपद् जन्य घटनाबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न र यात्रुको सुरक्षाको लागि जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको सुरक्षा बैठकको निर्णयानुसार वि.पि राजमार्गको काभ्रेभञ्ज्याङ्ग – भकुण्डेवेशी हुदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई असार २२ गते साँझ ०६:३० बजेदेखि विहान ०५:०० बजे सम्म १ महिनाको लागि निषेध गरिएको जानकारी दिए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सूचना प्रकाशित गर्दै थप ३० दिन रातीको समयमा यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ ।

प्रशासकीय अधिकृत प्रबीण कटुवालले जारी गरेको बिज्ञप्तिमा मनसून सक्रिय नै रहकोले सार्वजनिक तथा निजी सवारी साधनलाई असार २१ गते साँझ ०६:३० बजेदेखि विहान ०५:०० बजे सम्म १ महिनाको लागि निषेध गरिएको जानकारी दिए ।

यस अघि काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको सिन्धुलीको खुर्कोटमा बसेको बैठकले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै १५ दिनको लागि बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै रातीको समयमा यात्रुवाहक सवारी चलाउन रोक लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय