आयोजक धरान फुटबल क्लब धरानमा जारी २५ औ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।शनिबारदेखी धरान रंगशलामा भएको खेलमा पाहुना टोली युनाइटेड कर्साङ भारतसंग सडनडेथमा पराजित हुँदै पहिलो खेलबाटै बाहिरिएको हो १ सडनडेथमा धरानका मनोज राईको प्रहार गोल्डपोस्ट माथिल्लो बारमा ठोक्किदै बाहिरिएको थियो १ कर्साङका हेमराज भुजेलको प्रहार गोलमा परिणत भएपछी कर्साङले सेमिफाइनलको स्थान पक्का गरेको हो १ खेलको पहिलो हाफको १८ मिनेटमा कर्साङका हेमराज भुजेलले गोल गर्दै टिमलाई अग्रता दिलाए भने खेलको पहिलो हाफकै ४४ मिनेटमा धरानका बिनोद राईले गोल फर्काउदै निर्धारित समयसम्म दुबै टिमले १-१ गोलको बराबारी खेलेपछी खेल सिधै टाइब्रेकरमा धकेलिएको थियो १ टाइब्रेकरमा दुबै टिमले ५-५ गोलको बराबरी खेलेपछी खेलको छिनोफानो सडनडेथबाट लिइएको थियो १ सोमबारको तेस्रो क्वाटरफाइनल खेल राजा क्लब इटहरी र पाहुना टोली आरटिसी एफसीबिच हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ १ माघ २६ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ १

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय