काठमाडौं । बेनिघाट–लार्के सडकखण्डमा खसेको पहिरो हटाइएको छ । पहिरोका कारण अवरुद्ध उक्त सडक हाल संचालनमा आएको छ ।
अत्याधिक वर्षाका कारण बेनिघाट–लार्के सडकखण्डको खानीवेशीमा पहिरो खसेपछि यातायात बीच बाटोमै रोकिएका थिए । तातोपानी र दोभानको बीचमा झरेको पहिरो अझै हटाई नसकेकोले माछाखोलासम्म सवारीसाधन चलेको छ ।



स्थानीयले पहिरो हटाएपछि उक्त स्थानमा पैदलयात्रुलाई हिँड्नसम्म मिल्ने भएको छ ।



