बैतडीमा जीप दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका(६ को खिपालीमा सुपप्र ०४-००१ ज १३७२ नम्बरको जीप आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीप धनगढीबाट दार्चुलाको गन्नातर्फ गइरहेको थियो । दुर्घटनामा डिलासैनी गाउँपालिका-१ का चालक २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

डिलासैनी गाउँपालिका-१ का ४५ वर्षीय रामकुमार राना, ५२ वर्षीया कमला धामी, २७ वर्षीय राजेन्द्रबहादुर खत्री, २५ वर्षका हेमन्तप्रसाद भट्ट, २१ वर्षीया भागरथी खत्री र उनकी दुई वर्षकी छोरी एलिसा खत्री घाइते भएका छन् । गम्भीर अवस्थाका राजेन्द्र र कमलालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको छ । अन्य सामान्य घाइते ४ जना डिस्चार्ज भैसकेका छन् । दुर्घटनाको कारण खुल्न खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय