बैशाखयता देशभर बाढी पहिरोका १ सय ४९ वटा घटना भएका छन् । बितेका ७० दिनमा बाढी पहिरोबाट २१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । २६ जना बेपत्ता रहेका छन । बैशाखयता ८२ वटा पहिरो र ६७ वटा बाढीका घटनामध्ये पहिरोमा पुरिएर मात्रै १४ जनाको मृत्यु भएको छ ।

पहिरोमा परेका पाँच जना बेपत्ता छन । त्यस्तै बाढीमा परेर ७ जनाले ज्यान गुमाएका र २१ जना बेपत्ता रहेका प्राधिकरणको तथ्यांकले देखाउछ । बाढी पहिरोका यी घटनामा ५ सय २१ परिवार प्रभावित भएका छन् । जेठ ३१ मा मनसुन भित्रिएसँगै बर्षा जारी रहेकाले थप क्षति पु¥याउने आंकलन गरिएको छ । मनसुनको सुरुमै संखुवावासभा, पाँचथर, ताप्लेजुङमा बाढी पहिरोले ठूलो क्षति गरेको छ ।यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने पूर्वानुमान छ । साथै २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पुग्ने प्राधिकरणको प्रक्षेपण छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय